भारत र फ्रान्सबीच संयुक्त सैन्य अभ्यास ‘शक्ति २०२१’ शुरू



इन्डिया न्युज नेटवर्क । 

भरतको रक्षा मन्त्रालयले नोभेम्बर महिनाको २१ तारिखमा जारी गरेको विज्ञप्तिअनुसार भारत र फ्रान्सले आफ्नो संयुक्त सैन्य अभ्यास ‘शक्ति २०२१’ को छैठौं संस्करण शुरू गरेको छ । यो अभ्यास फ्रान्सको ड्रागुइनानमा सैन्य विद्यालयमा आयोजना गरिँदैछ ।

मन्त्रालयका अनुसार भारत–फ्रान्स संयुक्त सैन्य अभ्यासको उद्घाटन समारोह नोभेम्बर महिनाको १५ तारिखमा भएको थियो । भारतीय सेनाको टोलीमा तीन अधिकारी, तीन जुनियर कमिसन सैन्य अधिकारी र गोरखा राइफल्सका एक बटालियन सम्मिलित छन् ।हालसम्मको तालिम संयुक्त राष्ट्रसंघीय कार्यादेशअन्तर्गत आतंकवाद विरोधी वातावरणमा संयुक्तरूपमा सञ्चालन गर्न आवश्यक पर्ने समन्वयका पक्षहरूको पहिचान, सञ्चालनका लागि संयुक्त योजना, आपसी समझदारीका पक्षहरूमा केन्द्रित रहेको छ ।

सहभागी दलहरूलाई लडाई परिस्थिति र रणनीतिक प्रशिक्षणको गतिमा पनि राखिएको छ जसमा हतियार सञ्चालन र लडाइ प्रशिक्षण पनि प्रदान गरिएको छ । अभ्यास दुई चरणमा सञ्चालन भइरहेको छ । जसअन्तर्गत प्रशिक्षार्थी लाई लगातार ३६ घण्टा कठोर अभ्यास गराइन्छ ।
संयुक्त तालिम बाहेक टोलीले मार्सेल्सको माजर्ग्युज युद्ध कब्रिस्तानको भ्रमण पनि गरेका थिए । यहाँ प्रथम विश्वयुद्धका १ हजार २ जना भारतीय सैनिकको दाहसंस्कार गरिएको थियो ।भारतीय र फ्रान्सेली दलहरूलेसँगै गार्ड अफ अनर प्रस्तुत गरेका थिए र बहादुर सैन्य वीरताको सम्झनामा श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्