कृषि मन्त्री यादवद्धारा भेल्ही–त्रिभुवनगर सडकको शिलान्यास



न्युज अफ नेपाल, सर्लाही ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्री महेन्द्र राय यादवले सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिकामा निर्माण हुन लागेको कालोपत्रे सडकको शिलान्यास गर्नुभएको छ ।

 

उहाँले गाउँपालिकाको भेल्हीदेखि त्रिुभवननगरसम्म जोडने सडकको शिलान्यास गर्नुभएको हो । सडकको शिलान्यास गर्दै मन्त्री यादवले सडक निर्माण भएपछि कृषिजन्य वस्तु बजारसम्म पु-याउन सहज हुने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘सडक निर्माणसँगै यस क्षेत्रका बासिन्दाको आर्थिक जीवनस्तरमा पनि सुधार आउनेछ ।’शहरी विकास तथा भवन मातहत रहेको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाले नयाँ शहर आयोजना अन्र्तगत भेल्हीदेखि त्रित्रुवननगरसम्मको सडक कालोपत्रेको काम अगाडि बढाएको हो ।

संघीय आयोजना कार्यान्वयन इकाई धनुषाका आयोजना प्रमुख प्रदीप खनालले सर्लाहीको ब्रह्रापुरी नयाँ शहर अन्तर्गत २ करोड ७९ लाख लगानीमा भेल्ही–त्रिभुवनगर सडक पूर्वाधार निर्माण आयोजनाको काम अगाडि बढाइएको बताउनुभयो । उहाँका अनुसार आगामी जेठ सम्म सम्पन्न हुने गरी ठेक्का सम्झौता भएर काम अगाडि बढाइएको छ ।

निर्माण हुने १.८८ किलोमिटर सडकको चौडाई ७ मिटर कायम गरिएको छ । सडकको दुवैतर्फ फुटपाथ रहने गरी निर्माण हुनेछ । उक्त सडक खण्ड अन्तर्गत एउटा कल्र्भट समेत रहेको छ । आयोजना अन्र्तगत सो सडकको बजार क्षेत्रमा दुई वटा सौर्य वत्ती समेत जडान गर्ने कार्यक्रम रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्