मोवाईल चोरी गर्ने २ जना पक्राउ



काठमाडौं ।

बर्दिया गुलरियामा मोवाईल चोरी गर्ने दुई  जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बर्दिया गुलरिया नगरपालिका वडा नं. ६ निलो पेट्रोल पम्प नजिकै मोटरसाईकलमा आएका अपरिचित व्यक्तीकाे हातमा रहेको मोबाईल थुती भाग्ने क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।

पक्राउ पर्नेमा बाँके नेपालगंज उप-महानरपालिका वडा नं.१ बस्ने चेतराम बर्मा र सोही बस्ने केशब परियारलाई गुलरिया नगरपालिका वडा नं. ८ गोलपार्क नजिकैबाट लु.८१ प. ३९१७ नम्बरको मोटरसाईकल र मोबाईलसहित पक्राउ गरी उनीहरुको थप अनुसन्धान भईरहेको ।

प्रतिक्रिया दिनुहोस्