दाजुभाइले एकअर्काको हात काटे

0
Shares

अबुजा, (एजेन्सी) ।

नाइजेरियामा प्रहरीले झैझगडाको क्रममा दाजुभाइले धारिलो छुराले एक अर्काको हातै काटेको अनौठो घटनामाथि छानविन गरिरहेको छ । यो घटना उत्तर पूर्वी योवे राज्यको अल्काली गाउँमा घटेको हो । डन्गस अब्दुल्कारीम राज्यका प्रहरी प्रवक्ता दुवै पच्चिस वर्ष उमेरका तिनीहरूले लड्ने क्रममा एक अर्काको बाँया हात काटेको वीवीसीलाई बताएका छन् ।

तिनीहरूबीच कुन विषयमा झगडा भएको हो भन्ने स्पष्ट हुन आएको छैन । तर प्रहरीको दाबीका अनुसार खेतीपातीको विषयलाई लिएर तिनहिरूबीच तनाव चर्केको हो । काटिएका हात स्थानीय प्रशासनले अस्पतालमा पुर्‍याइदिएको छ । दुवैको चिन्ताजनक हालतमा उपचार भइरहेको बताइएको छ ।

इस्लामिक मुलुक नाइजेरियामा कटरपन्थी लडाकु समूह बोको हराम सक्रिय रहेको छ । तिनीहरूले समय समयमा ठूलो संख्यामा छात्राहरूको अपरहण गर्दै आएका छन् ।