भारतीय सेनाका सैन्य छात्रद्वारा बंगलादेश सैन्य शिक्षण संस्थाको भ्रमण



इन्डिया न्युज नेटवर्क ।

आफ्नो सैन्य सहयोगमा नयाँ मार्ग प्रशस्त गर्दै, भारतको चेन्नईस्थित अफिसर्स ट्रेनिङ एकेडेमीका भारतीय सैन्य छात्र बंगलादेशी सैन्य छात्र चट्टोग्रामको भ्रमण गर्दैछन् । बंगलादेशमा रहेको भारतीय उच्चायोगले आइतबारको ट्विटमा उल्लेख गरेको छ, ‘सैय छात्र आदानप्रदान कार्यक्रमको एक भागको रूपमा मित्रताको बन्धनलाई अझ बढाउँदै, अफिसर्स ट्रेनिङ एकेडेमी, चेन्नईका छात्र बंगलादेश मिलिटरी एकेडेमी, चट्टोग्रामको भ्रमण गर्दैछन् ।’

गत महिना, बंगलादेश मिलिटरी एकेडेमीका छात्रले भारत र बंगलादेश बीचको ‘छात्र आदानप्रदान कार्यक्रम’ को भागको रूपमा अक्टोबर १०–१५ सम्म अफिसर्स ट्रेनिङ एकेडेमी, चेन्नईको भ्रमण गरेका थिए । प्रतिनिधिमण्डलले ओटीएका सैन्य छात्र र प्रशिक्षकहरूसँग विभिन्न अन्तरक्रियात्मक सत्रहरूमा भाग लिएको थियो जसमा सैन्य प्रशिक्षणका विचार, प्रविधि र उत्कृष्ट अभ्यासहरू साझा गरिएको थियो ।
उनीहरूलाई तालिमको व्यवस्था, पाठ्यक्रम र एकेडेमीको पूर्वाधारबारे अन्तरदृष्टि दिइएको थियो ।

बंगलादेशका सेना प्रमुख जनरल एसएम शफिउद्दीन अहमदले यस वर्ष सेप्टेम्बरमा भारतको भ्रमण गरेका थिए र दुई देशबीचको रक्षामा सहयोग बढाउनका लागि भारतका उच्च सैन्य अधिकारीहरूसँग वार्ता गरेका थिए ।

बंगलादेशका सेना प्रमुखको भारत भ्रमण दुई देशका रक्षा बलहरूबीचको उच्चस्तरीय आदानप्रदानको निरन्तरता थियो । साथै, बंगलादेशको स्वतन्त्रताको ५०औं वर्षको सम्झनामा, यस वर्ष पहिलोपटक जनवरी २६ मा बंगलादेशको सैन्य दस्ताले भारतको गणतन्त्र दिवसको परेडमा मार्च गरेको थियो ।

दुई देशले संयुक्त सैन्य अभ्यास गरेका छन् । अप्रिलमा, बंगलादेशका ‘राष्ट्रपिता’ शेख मुजिबुर रहमानको जन्म शताब्दीको सम्झनामा बंगलादेशद्वारा आयोजित अभ्यास शान्ति ओग्रोसेना २०२१ मा भारतीय सेनाको टोलीले भाग लिएको थियो ।

यसअघि, भारतले भारतबाट रक्षा खरिदका लागि बंगलादेशलाई ५० करोड अमेरिकी डलरको ऋण विस्तार गरेको थियो । सन् २०२० मा, दुई देशले उच्चस्तरीय आदानप्रदान देखे । जसमा अक्टोबर ३–५ मा भारत–बंगलादेश कर्पोट ‘बंगोसागर’ अभ्यासको दोस्रो संस्करण, अक्टोबर १९ मा तटरक्षकहरूको क्षेत्रीय कमान्डरहरूको बैठक र नोभेम्बर २ मा तेस्रो वार्षिक रक्षा संवाद समावेश छन् । भारतीय सेनाले नोभेम्बर २०२० मा बंगलादेश सेनालाई तालिम प्राप्त घोडा र कुकुर उपहार दिएको थियो ।

यसै गरी २०२१ को फेबु्रअरीमा भारतीय वायु सेना प्रमुखले आधिकारिक भ्रमणमा बंगलादेशको भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्