चिनियाँ पत्रकारलाई कारागारमुक्त गराउन अमेरिकाको दबाब



वासिंगटन,(एजेन्सी) ।

अमेरिकी विदेश विभागले चीनलाई स्वास्थ्य स्थिति दिन प्रतिदिन नाजुक हुँदै गइरहेका चिनियाँ पत्रकार झाँग झानलाई कारागार मुक्त गर्न आह्वान गरेको छ । उहानमा कोभिड १९ को वास्तविकताबारे रिपोर्टिंङ गरेको आरोपमा पक्राउमा परेकी झाँग चार वर्ष लामो कैद भुक्तान गरिरहेकी छन् । चीनको हुवेइ प्रान्तको उहान शहरमा पहिलोपटक देखापरेको कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारेको छ । मंगलबार सार्वजनिक भएको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना भाइरस संक्रमणका कारण ५० लाख ७३ हजार ६ सय ७६ जनाको अकालमै ज्यान गइसकेको छ ।

गत वर्षको मे महिनामा थुनामा हालिएयता झाँगले पटक पटक कारगारामै भोकहडताल गरिसकेकी छन् । भोक हडतालकै क्रममा कमजोर भएर मर्ने अवस्थामा पुगेकाले नै अमेरिकाले चीनसँग उनको तत्काल रिहाईको माग गरेको हो । अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले बताएका छन् – ‘उनको अनुचित गिरप्mतारी र उनीमाथि हुने गरेको दुव्र्यवहारप्रति हामीले चिन्ता प्रकट गर्दै आएका छौं । हामी फेरी पनि उनको निशर्त रिहाइका लागि जोडदार माग गर्दछौं ।’

उहानका एकजना वासिन्दाले कोरोना महामारी फैलिएयताको त्यहाँको भयावह स्थितिबारे अनलाइनमा राखेको खबर पढेर पेशाले पूर्व वकिल ३८ वर्षिया झाँग सन् २०२० को फेब्रुअरीमा पहिलोपटक उहान पुगेकी थिइन् ।

स्थानीय प्रशासनको चेतावनीका बावजुद उनले त्यहाँका सडक र अस्पतालमा देखिएका वास्तविक दृश्यको रिपोर्टिङ सामाजिक सञ्जालमा राखेकी थिइन् । त्यसपछि उनलाई समाजमा झगडा र समस्या सिर्जना गर्न खोजेको आरोपमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्