गर्लफ्रेन्डले मोजा नधोएको कारण बिदा मागियो



लन्डन, (एजेन्सी) । 

प्रायशः धेरैले कहिलेकाहीँ जाडो मौसमको बिहान न्यानो ओछ्यान छाड्न अल्छी लागेर आफ्नो अफिसका बोसलाई बिरामी भएको बहाना गर्दै बिदा लिएको हुनु पर्दछ । तर, बेलायतमा एकजना जागिरेले बिदा लिनुपर्ने कारण बताउँदा उनको बोस झण्डै आश्चर्यमा परेर बेहोशै हुनलागेको खबर प्राप्त भएको छ । आफ्नो कम्पनीमा निर्माण सहयोगीको रूपमा काम गर्ने एक कामदारले गर्लफ्रेन्डले मोजा धोइ नदिएकै कारण अफिस आउन नसक्ने खबर गर्दा बेलायतको ब्रिस्टल निवासी बोस केन मूर छक्क परेका हुन् ।

केनलाई यस्तो बहानाबाजी देखेर साह्रै रिस उठेछ । उनले कर्मचारीको मेसेजलाई स्क्रिनसट लिएर सामाजिक सञ्जालमा हालिदिए । तुरुन्तै भाइरल हुन पुगेको सो पोस्टमा थुप्रै थरिथरिका प्रतिक्रिया प्राप्त गरेको छ ।

नाम नखुलाइएका ती कामदारले गर्लफ्रेन्डका कारण लगाउने मोजा नै नभएकाले काममा आउन नसकिने भनी पठाइएको सो सन्देशलाई लिएर अधिकांशले उनको अल्छीपनालाई व्यङ्य गरेका छन् । उनले आफ्नो बुड प्वाल परेकाले पनि मोजा नलगाइकन काममा आउन नसक्ने निर्णय सन्देश पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्