‘टेस्टिकल वाथ’ आविष्कारकलाई जेम्स डाइसन अवार्ड



वर्लिन, (एजेन्सी)।

पुरुषहरूको गर्भ नियन्त्रणका लागि जर्मनीका एक वैज्ञानिकले आविष्कार गरेको अनौठो किसिमको ‘ टेस्टिकल वाथ अर्थात् अण्डकोष स्नान’ अल्ट्रासाउन्ड उपकरणले जर्मनीको प्रतिष्ठित जेम्स डाइसन अवार्ड जित्न सफल भएको छ । युनिभर्सिटी अफ म्युनिखबाट इन्डिस्ट्रियल डिजाइनमा स्नातक उपाधी प्राप्त रेवेक्का वेइसलाई यस अवार्डबाट सम्मानित गरिएको हो । यसबाट नयाँ समस्या समाधान गर्ने डिजाइनरहरूलाई सम्मान र प्रोत्साहन मिल्ने बताइएको छ । यस अल्ट्रासाउन्ड उपकरणलाई ‘कोसो’ नामकरण गरिएको छ ।

कोसोले अल्ट्रासाउन्ड ‘टेस्टिकल वाथ’ प्रयोग गरेर अस्थायी रूपमा वीर्यको गतिशिलता रोकने काम गर्दछ । यौन सम्पर्कका क्रममा महिलाको डिम्बसँग प्रजनन हुनबाट रोक्ने उद्देश्यले वीर्यलाई निष्कृय पार्न वर्षमा केही महिना मात्र प्र्रयोग गरे पुग्ने बताइएको छ । वेइसले भनेकीछन्– ‘मलाई गर्भ निरोधक खाने चक्कीको नियमित सेवनका कारण सर्भिकल क्यान्सर भएको थाहा पाएपछि यस्तो उपकरण आविष्कार गर्ने ऊर्जा प्राप्त भएको हो । म र मेरो पार्टनरले विकल्पको रूपमा पुरुषहरूको गर्भ निरोधक उपायहरू कमै रहेको पाएपछि पनि म यस दिशातर्फ अघि बढेकी थिएँ ।’ अवार्डसँगै उनलाई ४५ हजार अमेरिकी डलर नगद पुरस्कार पनि दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्