बालकलाई छतबाट फाल्छुं भनी तर्साउने प्रधानाध्यापक पक्राउ



नयाँ दिल्ली,(एजेन्सी) ।

भारतको उत्तर प्रदेशको मिर्जापुर स्थित एक बिद्यालयका प्रधानाध्यापकलाई दुई कक्षा पढ्ने बालकलाई अमानविय यातना दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मनोज विश्वकर्मा नामक ति शिक्षकले बिद्यालयको माथिल्लो तल्लाबाट बालकको एउट खुटा समातेर शरिर हल्लाउँदै गरेको तस्वीर सामाजिक संजालमा भाइरल भएको थियो । मनोजले ति बालकलाई यदि उनले टोकेका सहपाठीसंग माफी नमागेको खण्डमा छतबाट खसालिदिने भन्दै धम्क्याएको पनि बुझिएको छ ।

लन्च ब्रेकपछि बाहिर चौरमा खेल्नेबेला ति सोनु यादव नामक बालकले आफ्नो साथीलाई टोकेका थिए । त्यसको लगत्तै आक्रोसित प्रधानाध्यपकले उनलाई घिसार्दै माथि कौसिमा लगेर त्यसरी तर्साका थिए । ति बालक डरले चिच्याएको र रोएको सुनेर अन्य बालबालिका जम्मा भएपछि बल्ल मनोजले सोनुलाई भुँइमा राखेका थिए ।

तर पिडित बालकका पिता रणजित यादवले मनोजको कार्य निमर्म देखिए पनि अनुसासित बनाउननै मायाले त्यसरी तर्साएकाले त्यसप्रति आफ्नो कुनै आपत्ति नरहेको बताएक छन् । मनोजले सोनुका साथीहरू मात्र नभई शिक्षकहरूलाई समेत टोक्ने बानी भएकाले उनकै पिताले बानी सुधार्न भनेकाले मात्र तर्साएको सफाइ दिएका छन् ।

मनोजलाई बालबालिका न्याय कानुनको धारा अन्तर्गत प्रहरीले मुद्धा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्