इराकी प्रधानमन्त्री कदिमीको हत्या प्रयास



एजेन्सी ।

इराकका प्रधानमन्त्री मुस्तफा अल कदिमीको हत्या गर्ने प्रयास भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइतबार बिहान कदिमीको निवासमा ड्रोन हमला भएको हो ।

इराकी सेनाका अनुसार यो हमला उनको ज्यान लिने नियतका साथ गरिएको थियो । तर, सो आक्रमणबाट कदिमी भने पूर्ण रूपमा सुरक्षित छन् । हमला लगत्तै उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् शान्ति बनाइराख्न अपिल गर्दै आफू सुरक्षित रहेको जानकारी दिएका छन् । हमलाको बारे कुनै संगठनले जिम्मा लिएको छैन ।

यस्तै, घटनाबारे थप छानबिन भइरहेको इराकी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्