बिल गेट्सको बर्थडेमा जेफ बिजोस आमन्त्रित



इस्तानबुल, (एजेन्सी) ।

बिल गेट्सले टर्कीको एक शान्त र मनोरम खाडीमा आफ्नो ६६औंं जन्मोत्सवको उपलक्ष्यमा एउटा सानदार निजी पार्टीको आयोजना गरेको डेली सावाहले जनाएको छ । उनले सो पार्टीमा अर्बपति जेफ बिजोसलगायत अन्य ५० जना विशेष अतिथिलाई आमन्त्रण गरेका छन् ।

चार घण्टासम्म चलेको पार्टीमा पाहुनालाई स्याम्पेन, सुसी, पिज्जा र स्थानीय सिफुड सर्भ गरिएको थियो । टर्कीको स्थानिय सञ्चारमाध्यमका अनुसार विश्वको पूर्व सबैभन्दा धनाढ्य व्यक्ति बिल गेट्सले वर्तमान सबैभन्दा धनी व्यक्ति अर्थात् १ सय ७७ अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक बिजोसलाई बोड्रम नजिक आयोजित पार्टीमा आमन्त्रण गरेका हुन् । बुधबार भूमध्ये सागर नजिकको फ्रथिएस्थित सिमीबीचमा भव्य पार्टी आयोजना गरिएको हो ।

माइक्रोसफ्टका संस्थापक बिल गेट्ससँग अहिले १ सय ३६ अर्ब डलर बराबरको सम्पत्ति रहेको छ । पाहुनाहरूलाई हेलिकोप्टरबाट उनको विशाल पानी जहाज ‘लाना’ सम्म ओसारिएको थियो । उनले सो जहाज प्रतिसाता १८ लाख युरोमा भाडामा लगाउँदै आएका थिए । तुर्केली अखबार यनी साफाकका अनुसार उक्त जहाजमा जिम, ज्याकुज्जी, बिच क्लब र स्विमिङ पुल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्