हत्या आरोपी चार जना जेल चलान



रौतहट ।

पुरानो रिसिबीको बदलामा एक ब्यक्तिको हत्या आरोपमा चार जना लाई जिल्ला अदालत गौरले पुर्पक्षको लागि कारागार चलान गरेको छ ।

जिल्ला अदालत गौरका न्यायधिश चित्र बाहादुर गुरुङ्गको आदेशले हत्या आरोपमा पक्राउ परेका चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटार निबासी ५० बर्षिय रोहिणी प्रसाद घोरासैनीको हत्यामा पक्राउ परेका चन्द्रपुर नगरपालिका.वडा नं.४ कप्तान टोल निबासी ३८ बर्षिय सहदेव भन्ने डोल प्रसाद वोलखे, ४५ बर्षिय प्रल्हाद फुयाल, पर्सा जिल्ला पर्सागढी गाउपालिका वडा नंम्बर.३ निबासी २४ बर्षिय रमेश पहरी र नवलपरासी (पू्र्वी) जिल्ला कावासोती नगरपालिका वडा नं.८ निबासी २३ बर्षिय सुर्य बहादुर भण्डारी लाइ पुर्पक्षको लागि कारागार चलान गरेको हो ।

गत भदौ २६ गते कालापानी सामुदायिक वन उपभोक्ता समुहको बनजंगलमा घास काटन पुगेका रोहीणी प्रसाद घोरासैनी लाइ चन्द्रपुर–३ निबासी प्रल्हाद फुयालको योजनामा चन्द्रपुर नगरपालिका–४ कप्तान टोल निबासी सहदेव भन्ने डोल प्रसाद वोलखेले सुपारी बापतको रकम दिएर पर्सा जिल्ला पर्सागढी गाउपालिका वडा नंम्बर.३ निबासी २४ बर्षिय रमेश पहरी र नवलपरासी (पू्र्वी) जिल्ला कावासोती नगरपालिका वडा नं.८ निबासी २३ बर्षिय सुर्य बहादुर भण्डारी द्धारा घाटी थिचेर हत्या गराएको आरोपमा चारै जना लाई जिल्ला अदालत गौरले पुर्पक्षको लागि कारागार चलान गरेको हो ।

घोरासैनीको हत्या गरी पिरपिरे रुखको हाँगामा गम्छाको पासोमा झुण्डयाईएको आरोपमा प्रहरीले उनीहरु लाई पक्राउ गरेको थियो । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मुख्य योजनाकार सहदेब बोलेखे लाई गएको असोज १७ गते काठमाण्डौ बाट पक्राउ गरेको थियो भने घटना गराउन तारताम्य मिलाउने प्रल्हाद फुयाल लाई भने घटना भएकै दिन पक्राउ गरेको थियो ।

हत्यामा संम्लग्न रमेश पहरी र सुर्य भण्डारी लाई भने उनीहरु गाउ बाट पक्राउ गरेको जनाइएको छ । हत्यामा संम्लग्न रमेश पहरीले सहदेब बोलखे मार्फत बिभिन्न माध्यम बाट १ लाख १५ हजार बुझेको र अर्का आरोपी सुर्य भण्डारीले ७ हजार बुझेको अनुसन्धान बाट खुल्न आएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक लिला राज लामिछानेले पक्राउ परेका चारै जना पुर्पक्षको लागि अदालतले कारागार चलान गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्