गैँडाको खाग १ थान सहित २ जनापक्राउ



काठमाडौं ।

काठमाडौं महानगरपालिका-९ गैरीगाउँबाट ९ सय ७० ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैँडाको खाग १ थान सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका स्वयम्भू बस्ने सोलुखुम्बु दुधकोशी गाउँपालिका(६ घर भएका १९ वर्षीय तिलक बहादुर बस्नेत र तार्केश्वर नगरपालिका लोकतान्त्रिक चोक बस्ने बागलुङ तमनखोला गाउँपालिका-१ घर भएका २८ वर्षीय दिपक गोतामे रहेका छन् ।

संरक्षित वन्यजन्तु गैँडाको खाग अवैध रुपमा बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त खाग सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।उनीहरुलाई आवश्यक कारवाहीका लागि वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्