नेपालको सहायक श्रीमानलाई युरोपमा अनरेवल मेन्सन अवार्ड



नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र सहायक श्रीमान् (कोंहजबेन्ड) युरोपको प्रतिष्ठित फिल्म महोत्सवमा अवार्ड जित्न सफल भएको छ।

स्लोभाकियाको पोपरोडमा आयोजित २९औं इन्टरनेसनल फिल्म फेस्टिभल अफ माउन्टेन फिल्मस् पोपराडमा सहायक श्रीमान्ले अनरेवल मेन्सन अवार्ड जितेको हो। पोपराडमा गत आइतबार राति आयोजित अवार्ड समारोहमा निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैह्रेले अवार्ड ग्रहण गरेका थिए। अवार्डको घोषणा गर्दै निर्णायक मण्डलले नेपालको अद्वितीय बहुपतीय प्रथाका बारेमा वृत्तचित्रमा संवेदनशील र उत्कृष्ट प्रस्तुति प्रस्तुत गरेका कारण अवार्ड प्रदान गरिएको जनाएको पाण्डेले जानकारी गराए। महोत्सवमा १७ वटा देशका ४४ फिल्म प्रतिस्पर्धामा थिए।

ञविभिन्न देशको फिल्मबीचको प्रतिस्पर्धामा पुरस्कृत हुनु आफैँमा गर्वको कुरा हो। अन्तर्राष्टिझय जुरी र दर्शकका सामु अवार्ड थाप्न पाउँदा निकै खुसी लागेको छ, यसले आगामी दिनमा थप सिर्जनात्मक कार्यका लागि प्रोत्साहित गरेको छं निर्देशक पाण्डेले भने। यसअघि, गत वर्ष रसियामा आयोजित १९औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिभलमा प्रथम पुरस्कार ग्रान्ड प्रिक्स अवार्ड र नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्डसहित एक हजार अमेरिकी डलर जित्न सफल सहायक श्रीमान्ले पाएको यो तेस्रो अन्तर्राष्टिझय अवार्ड हो। सहायक श्रीमान् अक्टोबर २३ तारिख अमेरिकाको सियाटलस्थित तस्वीर साउथ एसियन फिल्म फेस्टिभलमा पनि प्रदर्शन हुँदैछ।

बहुचर्चित डकुमेन्टझी फिल्म भाग्यले बाँचेकाहरू (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एन्ड मिराकल्स) निर्माण गरेर डेढ दर्जन अन्तर्राष्टिझय अवार्ड जितेका निर्देशक पाण्डेको सहायक श्रीमान् विभिन्न देशका फिल्म महोत्सवमा छनोट भइरहेको छ।

३५ मिनेटको यो डकुमेन्टझी फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो। घरमा भएका सबै दाजुभाइले एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ। सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन्। हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ। निर्देशक पाण्डेले करिब चार वर्षको छायांकन र अनुसन्धानबाट सहायक श्रीमान् निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्