सिनेमा, संगीत र फेसनलाई एएनपी अवार्ड



सिनेमा, संगीत र फेसनको क्षेत्रलाई प्रोत्साहित गर्न अवार्ड कार्यक्रम आयोजना गरिने भएको छ ।

२४ वर्षदेखि शैक्षिक तथा १५ वर्षदेखि इभेन्ट र मनोरञ्जनको क्षेत्रमा विभिन्न फलदायी तथा स्तरीय राष्टिझय कार्यक्रम आयोजना गरेर लोकप्रियता कमाउन सफल अल नेपाल पब्लिकेसन (एएनपी) मिडिया हाउसले सिनेमा, संगीत र फेसन क्षेत्रका स्रष्टा र सर्जकको सम्मानमा एएनपी नेसनल अवार्डस्–२०२१ आयोजना गर्ने भएको हो।

स्रष्टा र सर्जकको सम्मानमा पहिलोपटक एएनपी नेसनल अवार्डस्–२०२१ आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष लवबहादुर कार्र्कीले जानकारी गराए। उनका अनुसार आगामी कात्तिक १५ गते सोमबार राजधानीको बत्तिसपुतलीस्थित तीनतारे होटल इम्पेरियलमा आयोजना गरिने कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशील स्रष्टा र सर्जकलाई सम्मान गरिनेछ भने सिनेमा, संगीत र फेसनको क्षेत्रमा विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ। यसका लागि निःशुल्करुपमा आवेदन भर्न सकिने कार्कीले जानकारी गराए। प्राप्त आवेदनबाट निर्णायकहरुको आन्तरिक मूल्यांकनअनुसार अवार्ड प्रदान गरिने उनले बताए।

उनका अनुसार फेसन क्षेत्रअन्तर्गत मोडल र कोरियोग्राफरका अलावा इभेन्ट आयोजक तथा व्यवस्थापकहरुलाई समेत प्रोत्साहित गर्न ती विधामा समेत अवार्डको व्यवस्था गरिएको छ। शम्भुप्रसाद रेग्मीको संयोजकत्वमा हुने कार्यक्रममा विभिन्न मनोरञ्जक प्रस्तुति प्रस्तुत गरिने अध्यक्ष कार्कीले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्