पिरती बस्यो भन्दै फर्किन् आशा



जमानाको फिल्म जन्म जन्ममा रहेको पिरती बस्यो बोलको लोकप्रिय गीतलाई पुनः रेकर्ड गरी म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

भारतीय गायिका साधना सरगमले गाएको यो गीत यतिबेला फेरि अञ्जु पन्तको स्वरमा रेकर्ड गरेर बजारमा ल्याइएको हो। सोही फिल्मका निर्देशक शितल नेपालले लेखेको गीतमा शुभबहादुर सुनामको संगीत रहेको छ। पुरानै संगीत र एरेन्जमा अहिले यो गीतलाई अञ्जु पन्तको स्वरमा रेकर्ड गरिएको हो। गीतको म्युजिक भिडियोमा अभिनेता यशराज गराच र अभिनेत्री आशा पौडेल चन्द कौशिकले अभिनय गरेका छन्।

विभिन्न फिल्ममा अभिनय गरेकी अभिनेत्री आशा एक दशकपछि फेरि अभिनयमा फर्किएकी छिन्। आफूलाई यो गीत त्यतिबेलादेखि साह्रै मन परेको र यो गीतको भिडियोमा मोडलिध्र गर्ने अवसर पाउँदा गुमाउन नचाहेकोले यही गीतको म्युजिक भिडियोबाट पुनः कला क्षेत्रमा फर्किएको उनले बताइन्। अरु पनि तीन वटा भिडियोमा अभिनय गरिरहेको छु। दर्शकको चाहनाअनुसार चाँडै नै फिल्ममा नायिकाको रुपमा पनि प्रस्तुत हुने तयारीमा छुु आशाले भनिन्। भारतमा घरजम गरी पारिवारिक जीवन र सन्तानको लालनपालनमा व्यस्त भएका कारण फिल्म क्षेत्रबाट टाढा हुन पुगेकी उनी सन्तानकै आग्रहका कारण फेरि फिल्ममा फर्कन चाहेको बताउँछिन्। अभिनेता यशराजले एक दशकपछि फर्किएकी आशासँग भिडियोमा अभिनय गर्न पाउँदा खुसी लागेको बताए।

म्युजिक भिडियोमा कोरियोग्राफी र निर्देशन केशवराज भद्मको रहेको छ भने सौरभ लामाको छायांकन र दिनशन शाहको सम्पादन रहेको छ। गीतको भिडियो क्याच स्टुडियोको युट्युब च्यानलबाट रिलिज गरिएको छ। म्युजिक भिडियोको क्रियटिभ निर्देशक कृष्ण रुपाखेती हुन्।

प्रतिक्रिया दिनुहोस्