पिउने बानी सार्वजनिक



दसैंको रमझमको समयमा सेन्टिमेन्टल गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।निर्देशक तथा कलाकार विनोद केसीको शब्द, निर्देशन र कथा तथा विदुर गिरीको क्रियटिभ डाइरेक्सनमा तयार भएको पिउने बानी भो बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो। गीतमा लक्की सिटौलाको स्वर र संगीत रहेको छ।

प्रेममा धोका पाएको एक युवकको त्यसपछि बसेको पिउने बानीका कारण भागेको विभिन्न घटनाको कथा समेटिएको उक्त गीतको म्युजिक भिडियोमा महेन्द्र गौतम, रिश्वान अर्याल, दिनेश दुलाल र दीपाशा बिसीले अभिनय गरेका छन् भने अतिथि कलाकारमा शम्भु श्रेष्ठ र कृष्णप्रसाद राजघतानीले अभिनय गरेका छन्। करण चैसिरको छायांकन रहेको गीतको म्युजिक भिडियो राजकुमार मगरले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्