बसको ठक्करबाट दुई पैदल यात्रुको मृत्यु



काठमाडौं ।

बसले ठक्कर दिंदा राप्तीसोनारी–८ परुवाखोला नजिक बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट बैतडी जाँदै गरेको ना ६ ख ७४८४ नम्बरको बसले सोमबार साँझ ठक्कर दिंदा राप्तीसोनारी–८ बालापुर की २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र ३४ वर्षीया गीता थारुको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

पैदल हिंडिरहेका चन्द्रा र गीताको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्