अनुसन्धान नगरी म्याद थप गर्दा एक महिला अन्यायमा



सञ्जय कार्की, रौतहट ।

छान बिन नगरी लागु औषध मुद्दामा प्रहरीले एक महिलालाई अदालतबाट म्याद थप गरेपछि उनी अन्यायमा परेकी छन । उधोग ब्यबसाय शुरु गर्न लागेकी चन्द्रपुर–८ अल्टोकीका रेणुका लामिछानेले आयात गरेको सामान भित्र लागु औषधका रेक्स रहेको भन्दै प्रहरीले म्याद थप गरेपछि उनी अन्यायमा परेकी हुन ।

गौर भन्सार कार्यालयले जाँचपास गर्दा बोरा भित्र भएको सामान खोलेर एक एक गन्ति गरेर पुनबोरामा राखेर सिल गरेको सामानमा सात थानको रेक्स भेटिएपछि उनलाई प्रहरीले पक्राउ गरेर म्याद थप गरेपछि उनी अन्यमा परेकी हुन । गौर भन्सार कार्यालयले जाचगर्दा नभेटिएको कोरेक्स प्रहरीले बोरा खोल्दा कसरी भेटियो यस तर्फ अनुसन्धान नगरी  प्रहरीले एकैपल्ट सामान धनीलाई पक्राउ गरेर लागु औषध मुद्दामाम्याद थप गरेको छ ।

गएको असोग १९ गते राती ९ बजे चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा जुताको उधोग ब्यबसाय शुरु गर्न भारतको आग्राबाट खरिद गरेर ल्याइएको लाइलनको सोल भएको पोकालाई गौर भन्सार कार्यालयले जाँचपास गरेर छाडेपछि ईलाका प्रहरी कार्यालय गरुडाले सुचनाको आधारमा खान तलासी गर्दा ७ नम्बर पोकामा ७ थान कोरेक्स बरामद भएपछि प्रहरीले ना.१ ज ५६१८ नम्वरको जिपर चालक गौर नगरपालिका– ३ निबासी ४७ बर्षिय पवन यादवलाई नियन्त्रणमा लिने क्रममा उक्त सामानको धनी चन्द्रपुर–८ निबासी रेणुका लामिछानेलाई समेत पक्राउ गरेर प्रहरीले अदालतबाट २० दिनको म्यादथ पलिएको छ । लामिछाने अर्कौ गाडीमा रहेपनि प्रहरीले उनीलाई पनि नियन्त्रणमा लिएर म्यादथ पलिएको छ ।

गौर भन्सार कार्यालयका सुचना अधिकारी अभिजित सिहले गौर भन्सार कार्यालयले सामानको जाच गर्दा लागु औषध नरहेको बताउनु भयो । सामान अनुसारको जाँचपास गरेर हामीले पठाएकाहौ पोकाभित्र कसरी लागु औषध राखियो हामी पनि आश्चर्यमा परेको उहाँले बताउनु भयो । गौर भन्सार कार्यालयमा चार दिन सम्म रहेको उक्त सामानलाई भन्सार क्लिीयरिंग एजेन्टकौशल साहको फर्मबाट आयातको अनुमति दिइएको हो । भन्सार कार्यालयको परिसरमा ८ वटा पोकामा भएको उक्त सामान भन्सार प्रमुखको रोहवरमा चेकजाँच गरेपछि पुन: पोकालाई सिलगरी प्रज्ञापनपत्र काटिसकेपछि पुगेकी लामिछानेले उक्त सामानलोड भएको जीपको पछि नीजि कार बाट आउदै गर्दा ईलाका प्रहरी कार्यालय गरुडाबाट नियन्त्रणमा लिएको हो । लामिछाने लाई फसाउने षडयन्त्र भए पनि प्रहरीले त्यस तर्फ अनुसन्धान गरेको छैन ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक राजा राम केशरीले सुराक आएपछि नियन्त्रणमा लिएको बताउनु भयो । उहाँले भन्नु भयो गौरबाट घुमुवा प्रहरी धिरज पटेललाई सुचना आएपछि हामीले पक्राउ गरेका हौ । पक्राउ परेकी लामिछानेले आफु माथि अन्याय भएको बताउनु भयो । आफु लाई बाराको नीज गढबाट यादब थर भएका ब्यक्तिले जुताको ब्यबसायगर्न लागेको भन्दै मोबाईलमा धम्कि समेत दिएको थियो तर आज अकस्मात लागु औषधमा पक्राउ गर्दा आश्चर्यमा परेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्