कर्मचारी र विचौलियाको मिलोमतोमा सवारी लाइसेन्स



कृष्ण परियार, अर्घाखाँची ।

यातायात व्यवस्था कार्यलय जनकपुरमा पैसा लिएर सवारी चालक अनुमती पत्र (लाइसेन्स)दिने गरेको पाइएको छ । कार्यलयका कर्मचारी र बिचौलियाको मिलोमतोमा सवारी चालक अनुमती पत्र लाइसेन्स दिने गरिएको तथ्य सार्वजनिक भएको छ । विभिन्न कारणबाट पटक पटक चर्चामा आउने गरेको कार्यलय यसपटक लाइसेन्सको लागि पैसा लिने गरेको रहस्य बाहिरिएको हो ।

कार्यालयका कर्मचारी र बिचौलिया हरुको मिलोमतो मा २० हजार देखि १ लाख २० हजार सम्म लिने गरेको पाइएको छ ।दुइपाङ्ग्रे गाडीको लागि २० हजार माथी र चार पाङ्ग्रे गाडिको लाइसेन्सको लागि १ लाख २० बढी रकम लिने गरेको सेवाग्राही जितन रायमाझीले बताए ।

रामेछाप बाट आएका उनले दुई पाङ्ग्रे सवारीको लाइसेन्सको लागि आएको तर २र३ दिन सम्म पनि काम नबने पछि बिचौलियालाइ २० हजार दिएपछि मात्रै फारम भर्ने काम भएको बताएका छन् ।

कार्यलयका कर्मचारी र बिचौलियाको मिलिमतो रहेकोेहुनाले बिचौलियाहरुले कर्मचारीको टेबुल सम्मै पुगेर आफुखुसी सेवाग्राहीसँग रकम असुल्दै सहजै रूपमा काम गराउने गरेको पाइएको छ ।कार्यालय समय सकिए पछि रातिको समयमा बिचौलिया हरुले पैसा लिएर कर्मचारीकै मिलोमतोमा यस्तो काम हुने गरेको स्रोतले बताएको छ ।यसबारेमा कार्यालय प्रमुख विन्द्र शाह भने अनभिज्ञ रहेको बताए ।

उनलाई फोन गर्दा उनले भने यो ljविषयमा मलाई केही जानकारी छैन,कार्यलय समयमा काम हुन्छ त्यभन्दा अरु समयमा काम नहुने र बिचौलियाहरु मार्फत काम नहुने समेत दाबी गरे। अहिले पनि यातायातमा फाराम भर्ने काम भइरहेको छ र भन्दै उल्टै प्रश्न गर्दै भने यो बिसयमा मलाइ कुनैपनी जानकारी नै छैन ।

कार्यालयले लिखित परीक्षाको नतिजा पनि मोटो रकम असुल्ने र भित्रैबाट सेटिङ गरी रकम दिनेलाई पास गर्ने गरेको पाइएको छ । कर्यालय प्रमुख बिरेन्द्र शाह,छैटौं तहका अधिकृत तेजेन्द्र गिरि र रामजिवन महतो लगायतका कर्मचारी अनि त्यहाँका बिचौलियाहरु आदित्य यादव, चिंकू यादव, बिजय यादव सञ्जय सिंह र दिलीप शाहलगायतमार्फत कर्मचारीले सेवाग्राहीको काम गर्दिने गरेका छन् ।

कार्यालय प्रमुख लगायतले चितवन, इटहरी, सिन्धुली, रामेछाप, दोलखा,अर्घाखाँची ,गुल्मी ,पाल्पा,कपिलवस्तु ,रुपन्देही लगायतका ठाउँबाट बिचौलियामार्फत लाइसेन्स लिन चाहने सेवाग्राहीलाई स्वयं बोलाएर २० हजार देखि १ लाख २० हजारसम्म रकम लिएर फाराम दर्ता गरी लाइसेन्सका लागि सेटिङ गर्ने गरेको स्रोतको भनाइ छ ।

छैठौं तहका अधिकृत गिरि १८ बर्षदेखि एउटै कार्यालयमा बस्दै आएका छन् । गिरिको दरबन्दी अन्यत्र भएपनि मन्त्री तथा सचीवलाई ५र५ लाख रुपैया दिएर एकै ठाउँमा बस्ने गरेको स्रोतको दाबी रहेको छ । काज फिर्ता गर्दा अदालतबाट बस्ने आदेश लिएर निजामती सेवा नियमावलीको समेत उलंघन गर्दै खिल्ली उडाउदै आएका छन् ।

काम गरिदिएबापत बिचौलियाले सेवाग्राहीसँग मोटो रकम लिने र सो रकम कार्यालय प्रमुख, प्रशासन र सम्बन्धित मन्त्रालयका कर्मचारी तथा मन्त्रीसम्मले पनि बाँडफाँड गर्दै आएको स्रोतले बताएको छ ।स्थायी कर्मचारीलाई भन्दा पनि धेरै जिम्मेवारी र अधिकार करार कर्मचारीलाई दिएर कानुन बिपरित राती राती फारम भरिदिएर लाखौं लिने गरेको पाइएको छ । जे सि बि , बस, मिनिबस लगायतका ठुला गाडीहरू पैसाबिना पास नगर्दिने गरेको सेवाग्राहीको गुनासो रहेको छ ।

पैसा नदिएसम्म काम नबन्ने र पैसा नदिएको खण्डमा साना साना गल्ती हरु देखाएर ट्राइल फेल गराउने गरेको उनीहरुले गुनासो गरे । यसअघि गत माघ १३ गते देखि फागुन १३ गते सम्म १ महिनाको अवधिमा कार्यालयका छैटौं तहका अधिकृत तेजेन्द्र कुमार गिरि २ करोड ५० लाख लिएर फरार भएका थिए । उक्त घटनापछि अख्तियारलाई २७ लाख दिएर मिलाएको स्रोतले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्