मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

भक्तपुरको कौशलटारनजिकै मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

सोमबार राति ना ३२ प ६६७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा पर्साको वीरगञ्ज महानगरपालिका–२० घर भएका ३० वर्षीय लोकनाथ ठाकुरको मृत्यु भएको हो ।

दुर्घटनापछि घाइते भएका उनको भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी भक्तपुर नगरपालिका–१० कमलबिनायकमा बस्दै आएका थिए। भक्तपुरबाट काठमाडौं आउँदै गरेको मोटरसाइकल सडकको रेलिङमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्