पोर्चुगल पठाउने भन्दै ४ लाख ठगी गर्ने एक जना पक्राउ



काठमाडौं ।

वैदेशिक रोजगारीमा पोर्चुगल पठाउने भन्दै ४ लाख ८० रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँको गौशालास्थित नेपाल लाइफ रिक्रमेण्ट एजेन्सी प्रालीका सञ्चालक शंकर लामाले काभ्रे बेथानचोकका आशिष थापालाई प्रोचुगलमा एग्रिकल्चरमा काम लगाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले उनालाई काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

लामाले सक्कल राहदानी, नागरिकता, ब्यालेन्स सर्टिफिकेट, बैंक स्टेटमेण्ट लगायतका सक्कल कागजात समेत लिएको आशिषले प्रहरीमा दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका लामालाई प्रहरीले ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौँ पठाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्