२ किलो अफिमसहित पक्राउ



हेटौंडा, (नेस) ।

प्रहरीले शुक्रबार विहान करिब ९ बजे एक युवाले बोकेको झोलाबाट लागुऔषध अफिम २ किलो १ सय ग्राम फेला पारेर नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले भीमफेदी गापा वडा–२, भैंसेमा झोला बोकेर शंकास्पद्रुपमा हिँडिरहेका मकवानपुरको कैलाश गापा वडा–२ बस्ने वर्ष २१ का राजन मुक्तानलाई पक्राउ गरेको हो ।

उनलाई चेक गर्दा उनको झोलामा लागुऔषध अफिम २ किलो १ सय ग्राम फेला परेको हुँदा उनलाई उक्त लागुऔषध अफिमसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्