चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद



झापा । 

झापा जिल्लाको मेचीनगर नगरपालिका ४ प्रसादगौंडा ईलाकाबाट भाद्र ६ गते सशस्त्र प्रहरीले करीव ७ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बलनेपाल बोर्डर आउट पोष्ट बाहुनडाँगीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस्