लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा तीन जना पक्राउ



काठमाडौं । 

विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका ५ स्थित मज्नुचौरा ईलाकाबाट असोज ७ गते दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नवलपरासी जिल्लाको रामग्राम नगरपालिका १६ लालपाती बस्ने १९ वर्षिय ईश्लाम चुरियार र २० वर्षिय आलमविर चुरियार छन् । लु ४ प ११३४ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बलनेपाल बोर्डर आउट पोष्ट बुचीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेनारगन ३ सय ५ वटा, डाईजोपाम २ सय ८१ वटा र नोफिन ३ सय १६ वटा फेला पारको हो । त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश अर्नाहाबाट खटिएको सशस्त्र प्रहरीले १ सय १ बोतल डाईलेक्स नामक लागुऔषधसहित सर्लाही जिल्लाको बलरा नगरपालिका ५ अर्नाहास्थित सीमा ईलाकाबाट सोही नगरपालिका १० बस्ने ४० वर्षिय मल्कित रायलाई पक्राउ गरेको छ ।भारतबाट नेपालतर्फ आउँदै गरेका निज रायलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेको हो । पक्राउ परेका रायलाई बरामद लागूऔषसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस्