बिग्रिएको ट्रकमा १७५ किलो गाँजा बरामद



हेटौंडा  ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा–११, थानाभ-याङमा एक ट्रकबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । उत्तरी मकवानपुरको थाहानगर पालुङबाट बीरगञ्जतर्फ जाँदै गरेको अवस्थामा बिग्रिएर थानाभ-याङमा मर्मत गर्दै गरेको ना. ३ ख ५९५० नम्बर ट्रक चेक गर्दा बिहीबार दिउँसो करिब १२ बजे गाँजा बरामद भएको हो ।

उक्त ट्रकभित्र फल्सबटम बनाएर लुकाइल्याएको लागुऔषध गाँजा १ सय ७५ किलो फेला परेको प्रहरीले जनाएको छ । ट्रकचालक मकवानपुरको भीमफेदी गापा वडा–९ बस्ने वर्ष ३१ का मोहन स्यांतान र ट्रकका यात्री थाहा नपा वडा–३ बस्ने वर्ष २४ का प्रशान्त कार्कीलाई गाँजा र ट्रकसहित नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्