चाँदी जस्तो देखिने धातुसहित एक जना पक्राउ



रौतहट ।

अवैध रूपमा ल्याउँदै गरेको चाँदी जस्तो देखिने धातु सहित १ जना पक्राउ परेका छन् । गौर नगरपालिका-४ स्थित गौर बसपार्कबाट ४० किलो चाँदी जस्तो देखिने धातु सहित सर्लाही मलंगवा नगरपालिका-२ बस्ने ३५ वर्षीय बिद्यानन्द साह सोनारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं गौर चल्ने ज्वाला रात्री सेवा बसबाट झरेर पैदल हिँडिरहेका उनलाई अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा उनको साथबाट उक्त धातु फेला पारी उनलाई पक्राउ गरेको हो ।उनलाई बरामद धातु सहित आवश्यक कारवाहीका लागि राजस्व कार्यालय पथलैया बारा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्