सालकको दुई वटा खपेटो सहित एक जना पक्राउ



बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीमा प्रहरीले सालकको खपेटो सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले सालकको खपेटा सहित कमलामाई नगरपालिका २ खट्टारका ३० बर्षिया मदन सिङ बम्जनलाई पक्राउ गरेको हो ।

विपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका २ पिपलभज्याङ्गमा हिडिरहेका बम्जनलाई शंका लागि प्रहरीले चेकजाँच गर्दा सालकको खपेटा फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नाउव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।

पक्राउ परेका बम्जनको साथबाट २ फिट ५ ईन्चको टाउको देखि पुच्छर सम्म छाला सहित एउटा र १ फिट ९ इन्चको गरी दुई वटा सालकको खपेटा नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । पक्राउ गरेका बम्जन र सालकको अपेटा आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय सिन्धुलीमा बुझाईको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्