अफगानिस्थानबाट भारतले उद्धार गरेका ११ नेपाली घर फर्के



काठमाडौं ।

अफगानिस्थानबाट भारतले उद्धार गरेका ११ नेपालीहरु आज घर फर्किएका छन् । अफगानिस्थानबाट उनीहरुलाई भारतको नयाँ दिल्ली (आईटीबीपी) छावला क्याम्प,काे क्वारेन्टाइनमा राखिएको थियो । १४ दिन क्वारेन्टाइनमा बसेर उनीहरु आज घर फर्किएका हुन ।

आईटीबीपीले गरेको आरटीपीसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टाइनमा बस्दा उनीहरुलाई खाना , बस्न, मनोरञ्जन, वाईफाई र क्यान्टीन सबै कुराको निःशुल्क व्यवस्था गरिएको थियो।   नयाँ दिल्लीको छावला शिविरमा रहेको क्वारेन्टाइन १,००० बेडको क्वारेन्टाइन केन्द्र स्थापना गरेको हाे ।क्वारेन्टाइनमा बंगलादेश, चीन, म्यान्मार, माल्दिभ्स, अमेरिका, दक्षिणका ४२ जना नागरिकसहित १२०० जनालाई राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्