धनमाल लुटपाट गरेको अभियोगमा एक जना पक्राउ



उदयपुर ।

धनमाल लुटपाट गरिएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका-८ वर्मीस्थित जंगलबाट कटारी नगरपालिका(४ बस्ने जमान सिंह बस्नेतको नगद १३ लाख ७७ हजार ८ सय ९५ रुपैयाँ र १ थान मोबाइल लुटपाट गरेको अभियोगमा ओखलढुङगा चिसंम्खु गाउँपालिका-३ बस्ने ५४ वर्षिय रमेश कुमार श्रेष्ठलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ओखलढुंङगा खाद्यन्न पुर्यायई कटारीतर्फ जाँदै गरको प्रदेश नम्बर २-०१-००१ च ०३६९ नम्बरको बलेरो गाडीमा व्यापारी हुँ सामान लिन कटारी जाने भन्दै चढी आएका रमेशले सोही जंगलमा शौच गर्नका लागि गाडी रोकेको अवस्थामा गाडीका चालकलाई ढुङगाले प्रहार गरी बेहोस बनाएपश्चात गाडीमा सवार जमान सिंहको उक्त नगद र मोबाइल लुटपाट गरी फरार भएका थिए ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनलाई कटारी नगरपालिका-४ गबुवास्थित जंगलबाट लुटपाट गरेको रकम सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्