खुर्कोटका कृषक व्यावसायिक भैंसीपालनमा



tgx’Fsf] z’Snfu08sL gu/kflnsf–!) ldgdvfgLdf ;~rfngdf cfPsf] o’lgs dlN6 Pu|f] k|flndf /x]sf e}+;Lx? . tl:a/ M s[i0f Gof}kfg], bdf}nL, /f;;

नेपाल समाचारपत्र, पर्वत ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङ र वडा नं २ खुर्कोटका किसान व्यावसायिक भैंसीपालनमा आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट क्षेत्र विस्तारपछि किसान भैंसीपालनतर्फ आकर्षित भएका हुन् ।

पाङका यज्ञप्रसाद कँडेलले भैंसी पाल्न थालेको २६ वर्ष भयो । यो वर्ष आफू भैंसी थप्ने योजनामा रहेको उहाँको भनाइ छ । घरमा रहेका दुई भैंसीले मात्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको भैंसीको व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट)मा नपर्ने भएपछि उहाँले थप भैंसी पाल्ने योजना बनाउनुभएको हो ।

कँडेलजस्तै गोपीनाथ रिजालले पनि भैंसी थपेर आफू व्यावसायिक दूध उत्पादन गर्ने सोचमा रहेको बताउनुहुन्छ । ‘अहिले मसँग स्थानीय जातका तीनवटा भैंसी छन्,’ रिजालले भन्नुभयो–‘अब तीनवटा थप्दै छु ।’ पाङ र वडा नम्बर २ खुर्कोटका ५० किसान नयाँ भैंसी खरीदको तयारीमा छन् । वडा नम्बर १ का अध्यक्ष देवेन्द्र सुवेदीका अनुसार परियोजनाअन्तर्गत संघीय सरकारको २५ लाख, कुश्मा नगरपालिकाको पाँच लाख र किसानको ५ लाख गरी कुल ३५ लाख रुपियाँ लगानीमा कम्तीमा पनि १५० वटा भैंसी पाल्ने तयारी गरिएको छ । कृषि उत्पादनका लागि उर्वर मानिने पाङ र खुर्कोटमा अहिले पनि धेरै किसानले दुध उत्पादन गर्ने गरेको भए पनि त्यसलाई व्यावसायिक बनाउन नसक्दा अपेक्षित फाइदा लिन सकेका थिएनन् । मोही बनाएर फाल्ने दूधलाई व्यावसायिक रुपमा बजारमा पठाउन थप भैंसीसहित परियोजना लागू भएको हो ।

पार्वती गुफा भैंसीपालन पकेट समितिमार्फत दुग्ध संकलन केन्द्रसमेत निर्माण गरेर पर्वत सदरमुकाम कुश्मा, बागलुङ सदरमुकाममा बागलुङमा बिक्री गर्ने र त्यहाँ खपत हुन नसके पोखरासम्म पु¥याउने तयारी भइरहेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताउनुभयो । ‘यहाँ उत्पादित दूध खेर गइरहेको छ, दुग्ध उत्पादनलाई व्यावसायिक बनाएर स्थानीय नागरिकको जीवनस्तर उकास्न भैंसी पकेट जोन महत्त्वपूर्ण छ,’ उहाँले भन्नुभयो–‘सबैको घरमा भएको दूध एकै ठाउँमा जम्मा पारेर बिक्रीको व्यवस्था गरेपछि सबैले रोजगारी पाउँछन्, उत्पादनले उचित मूल्य पनि पाउँछ ।’पाङ र खुर्कोटलाई पकेट जोनको रुपमा विकास गर्दै गर्दा पूर्व तयारी स्वरुप दुग्ध संकलन केन्द्रसमेत निर्माण भइसकेको छ । दैनिक कम्तीमा साढे ५ सय लिटर दूध संकलन गर्न सक्ने गरी काम अघि बढाइएको र बजार व्यवस्थापनका लागि समितिमार्फत ठाउँ बुझ्ने काम भइरहेको समितिका अध्यक्ष बाबुराम रिजालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्