काठमाडौँ ।
नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न क्षेत्रमा बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थान तथा हिमाली–पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने जनाइएको छ। राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने र केही स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।











प्रतिक्रिया