रीत र अञ्जली बन्दै



फाल्गुनन्द लिङदेन फिल्म्स्ले एकै साथ दुई फिल्म निर्माण गर्ने भएको छ। सो ब्यानरले एक साथ दुई फिल्म रीत र अञ्जली निर्माण गर्न लागेको हो।

फिल्मको छायांकन आगामी साताबाट शुरू गरिने भएको छ। रीत लिम्बू भाषा संस्कृतिमा आधारित रहनेछ भने अञ्जली हत्याहिंसा र अपहरणमा आधारित रहेर बन्नेछ।

दुवै फिल्मका निर्देशक दिनेश लिङ्देनले फिल्म रीत ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटामा छायांकन गरिने र अञ्जली उपत्यका आसपासमा छायांकन गरिने निर्माण संस्थाले जनाएको छ। दुवै फिल्म हाल वर्कसपमा छन्। दुवै फिल्ममा एलिना बाँसकोटा, विमला खजुम, पूर्वराज्यमन्त्री श्रीप्रसाद जबेगु, स्मृति लिम्बू, असली बनेम, सागर केरुङ, पुन्य ओझा, हाङ चेम्जोङ, दिनेश माङमु, शर्मिला शर्मा, विशाल सेनीहाङ, नन्दु तुम्बापो, नरेश बनेम, निसाम तुम्बापो, प्रज्वलिका गिरी, भीम थेबे लिम्बू, अजय खड्का, कल्याण राई, दीपक नेपाली, माइकल तुम्बापोलगायतका कलाकारले अभिनय गर्नेछन्।

मिकहाङ लिङ्देन र सुदिता लिदेनको प्रस्तुति रहने रीत र अञ्जलीको निर्मातामा कविता राई लिङ्देन, सागर केरुङ, धनराज खड्का, मणि ताम्लिङ, विक्रम पयांगु, दीपक नेपाली छन्। दुवै फिल्ममा सागर केरुङको कथा रहनेछ।

प्रतिक्रिया दिनुहोस्