प्रेमिकालाई महँगो उपहार किन्न लुटपाट



नयाँदिल्ली, (एजेन्सी) ।

आफ्नी प्रेमिकालाई जन्मदिनका उपलक्ष्यमा महँगो उपहार किन्नकै लागि छुरा देखाएर एक व्यक्तिलाई लुटेको आरोपमा भारतमा एक जना २२ वर्षीय युवकलाई प्रहरीले गिरफ्तार गरेको छ । दक्षिण–पश्चिमी दिल्लीको डाबरी निवासी ‘विराट सिंह’ नामक ती व्यक्ति डाबरीको बस स्ट्यान्डमा भएको लुटपाटको सिलसिलामा पक्राउ परेका हुन् ।

एक वरिष्ठ प्रहरी अधिकारीले एक व्यक्तिले चार जना पुरुषले छुरा देखाएर आफ्नो साथमा रहेको ५ हजार ५ सय नगद, परिचय पत्र र मोबाइल लुटेको उजुरी गरेको जानकारी दिएका छन् । नाम नखुलाइएका ती पीडितले आफूलाई एक जना लुटेराले छुरा रोपेको पनि बताएका थिए । मंगलबार सुराकीको सूचनाको आधारमा प्रहरीले नाजाफगढको धर्मपुरास्थित गुरजार डायरी नजिकबाट सिंहलाई पक्राउ गरेको हो ।

उनले प्रहरीसमक्ष आफू गुरागाउँस्थित एउटा कल सेन्टरमा काम गर्ने गरेको र लकडाउनका कारण जागिर गएको र गर्लफ्रेन्डलाई उपहार किन्न सो अपराध कार्यमा सरिक भएको बताएका छन् । उनको साथबाट लुटिएको मोबाइल भेटिएको छ । प्रहरीले बाँकी लुटेराको खोजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्