३७ जना छात्रछात्रालाई स्टेशनरी एवं पोशाक वितरण



न्युज अफ नेपाल, कास्की ।

लायन्स क्लब अफ पोखरा पिस टाउनले बाबा फ़ाउण्डेशन नेपालसँगको सहकार्यमा स्टेशनरी सामग्री वितरण गरेको छ । क्लबले पोखरा महानगरपालिका वडा नं ३१ बेगनास स्थित श्री आनन्द ज्वोती मा बि मा स्टेशनरी सामग्री सहित विद्यालय पोशाक, फ़िल्टर वितरण गरेको हो ।

विद्यालय परिसरमा आयोजित एक समारोहमा कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ बि१ नेपालका डिष्ट्रिक्ट चिफ एडभाईज़र राजेन्द्र बाटाजु, क्लस्टर ५ का क्लस्टर चिफ पुरुषोत्तम पराजुली, बाबा फ़ाउण्डेशन नेपालका सचिव टंकराज अधिकारी, लायन्स क्लब अफ पोखरा पिस टाउनका अध्यक्ष शोभा अधिकारी पौडेल लगायतले संयुक्त रुपमा शैक्षिक सामग्री वितरण गरेका थिए ।

विद्यालयको माग़ अनुसार प्राथमिक तहमा अध्ययन गर्ने ३७ जना विद्यार्थीहरूलाई कपि कलम र विद्यालय पोशाक वितरण गरिएको क्लबका सचिव कान्ति अधिकारी पौडेलले जानकारी दिनुभयो । विद्यालयका प्रअ शिवप्रसाद अधिकारीले दिएको जानकारी अनुसार विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरूको लागि दैनिक उपभोग्य अत्यावश्यक सामग्रीहरू जुटाउन कठिन भईरहेको हुँदा सहयोगको लागि माग़ गर्नुपरेको भनाई रहेको थियो । बितरण समारोहमा क्लबका अध्यक्ष शोभा अधिकारी पौडेलले मानविय सेवाका कार्य अन्तर्गत आफुले अध्ययन गरेको विद्यालयमा शिक्षा र आधुनिक शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक समाग्रीहरु वितरण गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बचनबद्धता ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट चिफ एडभाईज़र राजेन्द्र बाटाजु, क्लस्टर ५ का क्लस्टर प्रमुख पुरुषोत्तम पराजुली, रिजन चेयरपर्सन अमृत बराल, जोन चेयरपर्सन एवं पिस टाउनका निवर्तमान अध्यक्ष सरला तिमिल्सिना लगाएतले क्लबले विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई गरेको सहयोगको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नु भएको थियो । बाबा फाउण्डेशनका सचिव टंकराज अधिकारीले फाउण्डेशनले सामाजिक बिकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने बिषयलाई ध्यानमा राखी स्थानिय श्रोत र साधनको अधिकतम परिचालनबाट सामाजिक सेवाका कार्यलाई अगाडि बढाउदै आईरहेको बताउनुभयो ।

उहाँले बालबालिकाले शिक्षा प्राप्त गर्ने मौलिक अधिकार प्राप्त गरेता पनि गरिवि र बिपन्नताका कारण कपि कलमको समस्याले विद्यार्थीहरुमा पठन पाठनमा कठिनाई भएको बिधालय प्रशासनबाट प्राप्त सुचना अनुसार शैक्षिक समाग्री बितरण गरिएको बताउनु भयो। लायन्स क्लब अफ पोखरा पिस टाउनका अध्यक्ष शोभा अधिकारी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष रुद्रनाथ अधिकारी, शिक्षक प्रतिनिधि सुक्रराज अधिकारी, क्लबका प्रथम उपाध्यक्ष सिता तिमिल्सिना, सचिव कान्ति अधिकारी लगाएतले शिक्षाको महत्व बारेमा आ–आफ्नो भनाई राखेका थिए । सो अवसरमा क्लबले विद्यालय परिसरको वातावरणलाई रमणीय बनाउदै वातावरण संरक्षण गर्ने उदेश्यले अमला, हर्रों, बर्रों, कल्की, सित्तल चिनी, चाप, लप्सी, तेजपत्ता, कपूर, रुद्राक्ष, गोलमोहर लगायत १०० वटा विरुवा रोपेको थियो।

प्रतिक्रिया दिनुहोस्