काठमाडौं ।
सोलुखुम्बुको फेरिचेमा आज बिहान दुई हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरका अनुसार एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकोप्टर अवतरण गर्ने क्रममा पङ्खा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा एक विदेशी नागरिकको घटनास्थलमै मृत्यु भएको छ। मृतकको राष्ट्रियता भने खुल्न सकेको छैन। एक जना घाइतेलाई प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गरी लुक्लास्थित अस्पताल पुर्याइएको प्रमुख जिल्ला अधिकारी थापा मगरले जानकारी दिए।











प्रतिक्रिया