नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा जापानका सात प्रमुख सहरमा नेपाली मौलिक संगीतको विशेष प्रस्तुति हुने भएको छ। मिन–ओनको आयोजनामा कात्तिक ३० देखि मंसिर ८ गतेसम्मआयोजना हुने सांगीतिक भ्रमणले नेपाली लोक तथा शास्त्रीय संगीतलाई जापानी दर्शकमाझ पुर्याउनेछ।
नेपालको काव्यिक हृदय: चार ऋतु र पर्वहरू शीर्षकमा आयोजना हुने कार्यक्रममा नेपाली लोक तथा शास्त्रीय धुनको सम्मिश्रण प्रस्तुत गरिनेछ। नेपालका विभिन्न ऋतु र चाडपर्वको झल्को दिने भिडियोसहितको यो सांगीतिक कन्सर्टमार्फत नेपाली प्रकृति, संस्कृति र संगीतको विविधता जापानी दर्शकमाझ चिनाउने लक्ष्य राखिएको छ।
हिमालयको काखबाट प्रस्फुटित नेपाली मौलिक धुनलाई जापानका प्रसिद्ध सहरमा गुञ्जाउने उद्देश्यसहित आयोजना हुन लागेको कार्यक्रमलाई हिमालयलाई नियाल्ने संगीतकारहरूको विशेष प्रस्तुतिका रूपमा लिइएको छ।
सितारवादक डा. सवन जोशीको संयोजनमा हुन लागेको कार्यक्रममा सितारमा सवन जोशी, बाँसुरीमा रमन महर्जन, तबला तथा पर्कसनमा मिलेश तण्डुकार र सारंगीमा मनिष गन्धर्व रहनेछन्। उनीहरूलाई जापानी संगीतकार मोरीफुजी शोजीले किबोर्ड तथा सिन्थेसाइजरमार्फत साथ दिनेछन्।
जापानको टोकियो युनिभर्सिटी अफ आट्र्सबाट विद्यावारिधि गरेका सवन जोशी लामो समयदेखि जापानमा नेपाली संगीतसम्बन्धी अनुसन्धान तथा अध्यापनमा संलग्न छन्। सितार कन्सर्टमार्फत नेपाली संगीत र संस्कृतिको परिचय गराउ“दै आएका उनको यस भ्रमणमा महत्वपूर्ण भूमिका रहनेछ। कात्तिक ३० गते सुरु हुने सा“गीतिक यात्रा नोभेम्बर मङ्सिर ८ गतेसम्म चल्नेछ। नेपाली संगीतका मौलिक धुन, ऋतु र पर्वका सांस्कृतिक पक्षलाई जापानी दर्शकमाझ प्रस्तुत गर्दै यस कार्यक्रमले नेपालको सांस्कृतिक पहिचान अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया