काठमाडौँ ।
लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं. ८ गिम्दीबेँसीस्थित बीपी राजमार्गमा खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर थुप्रिएपछि यातायात पूर्ण रूपमा बन्द भएको छ।
त्यस्तै, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा पहिरो खस्दा करिब १५ मिटर सडक अवरुद्ध भएको छ।
ललितपुरको सुन्दरीघाटमा बागमती खोलाको जलसतह बढेपछि बागमती खोला करिडोरको सडकमा आवागमन बन्द भएको छ। यसैगरी बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचेस्थित कान्ति लोकपथमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रहरीले सडक अवरुद्ध भएका क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।











प्रतिक्रिया