हेलिकोप्टर दुर्घटनामा घाइतेको उपचारका लागि नेपाल मेडिसिटी ल्याइँयो


काठमाडौ ।

सोलुखुम्बुको फेरिचे हेलिप्याडमा भएको हेलिकोप्टर दुर्घटनामा घाइते भएका व्यक्तिलाई उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइँएको छ । एकजना घाईते र एकजना पाईलट रहेको नेपाल मेडिसिटीले जनाएको छ ।

फिस्टेल र डायनेस्टी एयरका दुई हेलिकोप्टर अवतरणका क्रममा ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। घाइतेको उपचारका लागि नेपाल मेडिसिटी अस्पतालमा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ ।

दुबैजनाको मेडिसिटीको आकस्मिक कक्षमा उपचार भैरहेको र उहाहरूको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।