फिल्म पाँच पाण्डवमा समावेश गीत राजा चाहिया छ हालै सार्वजनिक गरिएको छ।
एलिना चौहान, सुरेश लामा र ध्रुव विकको स्वर, शशी शर्मा मजगैयाँको शब्द रचना र अर्जुन पोखरेलको संगीत रहेको गीतले घरजमका लागि उपयुक्त युवक खोजिरहेकी युवतीको चाहना प्रस्तुत गरेको छ।
क्यासिनोमा नाच्ने हट एन्ड ब्युटी युवतीको प्रसंगमा तयार पारिएको गीतमा आफूलाई एक असल युवक चाहिएको भाव व्यक्त गरिएको छ। गीतको भिडियोमा अभिनेत्री इभा गिरी बोल्ड नृत्यका साथ प्रस्तुत भएकी छन्। उनको नृत्यमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल र विनोद न्यौपानेले साथ दिएका छन्।











प्रतिक्रिया