महिलाको लगानीमा अस्पताल बन्दै



बुटवल, (नेस) ।

रुपन्देहीको तिलोत्तमामा महिलाहरूको मात्र लगानीमा महिला तथा बालबालिका मैत्री अस्पताल बन्ने भएको छ । तिलोत्तमा बडा नम्बर ४ भक्तपुर टोलमा निर्माण हुने अस्पतालको लुम्बिनी प्रदेशका उद्योग मन्त्री कल्पना पाण्डेले शनिबार शिलान्यास गर्नुभयो ।

आगामी ७ महिनाभित्र सञ्चालनमा ल्याउनेगरी निर्माण शुरू गरिएको उक्त अस्पतालमा यस क्षेत्रका २० जना महिला सेयर सदस्य रहेका छन् । महिला अस्पतालमा महिला मात्रै सेयर सदस्य रहेका छन् ।

पहिलो चरणमा १५ बेडको अस्पताल निर्माण गर्नेगरी काम अगाडि बढाईएको संस्थाकी प्रबन्ध निर्देशक कमला मल्ल हमालले जानकारी दिनुभयो । अस्पतालमा ३ करोड बढीको लगानी रहने उहाँले बताउनुभयो ।

अस्पताल महिला जनशक्तिबाट सुचारु गर्नेगरी जनशक्ति व्यवस्थापन गरिने सचिव उमा अर्यालले जानकारी दिनुभयो ।

सो अवसरमा बोल्दै मन्त्री पाण्डेले महिलाहरूको लगानीमा स्वास्थ्य सेवा प्रदान गर्नेगरी सञ्चालन गर्ने अस्पतालको विकासका लागि प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले समयमै निर्माण सम्पन्न गरी अस्पतालले महिला र बालबालिकाका लागि उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्नु सञ्चालकहरू संवेदशील हुन जरुरी रहेको औंल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्