संसद विघटन सम्बन्धी मुद्दाको बहस सकियो, फैसला असार २८ मा आउने



न्युज अफ नेपाल, काठमाडौं ।

संसद विघटन सम्बन्धी मुद्दामा सोमबार बहस सकिएको छ । यससम्बन्धी फैसला भने असार २८ गते आउने भएको छ । सर्वोच्च अदालतमा परेको रिट उपर पक्ष र विपक्षका तर्फबाट बहस सकिएको छ । हाल संवैधानिक इजलासमा सुनुवाई भइरहेको मुद्धामा एमिकस क्युरीको राय समेत प्रस्तुत भइसकेको छ ।

अब आगामी सोमबारका लागि पेशी तोकेर मुद्धा हेर्दाहेर्दैमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्