लियो क्लबको अध्यक्षमा अभिनव जोशी



न्युज अफ नेपाल, काठमाडौं ।

लियो क्लब अफ काठमाडौं कोहिनुर ‘ लियो वर्ष २०२१–२२ ’ को अध्यक्षमा अभिनव जोशी चयन हुनुभएको छ । क्लबका प्रथम उपाध्यक्षमा यजु महर्जन, द्वितीय उपाध्यक्षमा मेरिना सिलवाल, सचिवमा आज्ञा श्रेष्ठ, कोषाध्यक्षमा अनिता तामाङ , सह–सचिवमा प्रणय प्रधान, सह–कोषाध्यक्षमा ग्रिष्मा श्रेष्ठ रहनुभएको छ ।

त्यसैगरी क्लबको कार्यक्रम निर्देशकमा आशिका पोखरेल र प्राप्ति श्रेष्ठ हुनुहुन्छ । लायन्स क्लबको युवा संगठन लियो क्लब युवा नेतृत्वको विकास र सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्