डुब्न लागेकी नग्न महिला ‘सेक्स डल’ साबित



टोक्यो, (एजेन्सी) ।

जापानमा पानीमा डुब्न लागेकी एक नग्न महिलालाई बचाउन आइपुगेको उद्धार टोली ती कुनै महिला नभई पूर्ण कदको सेक्स डल रहेको थाहा पाएपछि जिल्ल परेको फोक्स न्युजले जनाएको छ ।

युट्युबर महिला नात्सुकी तानाकाले आफ्नो ट्विटरमार्फत वास्तविक महिलाको उत्तर तटीय जापानी शहर हाचिनोहेमा प्रत्यक्ष उद्धार हुन लागेको भन्दै खबर पोस्ट गरेको ‘कोताकु’ नामक अखबारले जनाएको छ । गत साताको यस रोचक घटना सम्झँदै तानाकाले भनेकी छिन् – ‘माछा मारिँदै गरेको भिडियो सुट गरिरहेकी थिएँ । अचानक मैले पानीले बगाउँदै ल्याएको एउटा नाँगो शव देखें ।’

युट्युबमा तानाकाका २ लाख ७२ हजार जनाभन्दा बढी सब्स्क्राइबर छन् । तिनीहरूमध्ये एकजनाले उनको श्रोत उद्धृत गर्दै एक महिला पानीमा डुब्न लागेको प्रहरीलाई खबर गरेपछि तत्काल एम्बुलेन्स लगायत उद्धार टोली परिचालित भएको थियो । यसरी सेक्स डल फेलापरेपछि तानाकाको युट्युबमा थुप्रै मिश्रित प्रतिक्रिया प्राप्त भएको थियो ।

एउटा वातावारण मैत्री जापानी कम्पनीले त यसरी हावा भरेर फुलाउन सकिने सेक्स डललाई जथाभावी नफ्याँकेर बरू अन्त्येष्टिमा जस्तै मैनबत्ती बालेर, शोकाकुल म्यानेक्विन सहभागी गराएर तथा अन्डरटेकरहरूलाई चिहान खन्न लगाई समाधीष्ठ गरिनुपर्ने सल्लाह दिएको छ ।

प्रतिक्रिया दिनुहोस्