सत्ता पल्टाइने डरले युक्रेनको सीमा थुनियो



मिन्स्क, (एजेन्सी) ।

बेलारुसले आफ्नो मुलुकभित्र अवैध हातहतियार तस्करी भइरहेको दाबी गर्दै युक्रेनको सिमाना बन्द गरेको छ । बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकासेन्कोले बाह्य शक्तिहरूले आफ्नो सत्ता पल्टाउने षड्यन्त्रअनुसार सो हतियार तस्करी भइरहेको बताएका छन् ।
उनले बिना कुनै प्रमाण पेस नगरीकन आफ्ना सुरक्षा निकायहरूले आफूलाई सत्ताबाट फाल्ने षड्यन्त्रमा संलग्न विदेश समर्थित आतंककारी समूहहरूको पर्दाफास गरेको पनि दाबी गरेका छन् ।

उनले सोभियत संघ विघटन भएको ३०औं वर्ष पुगेको स्मरणमा आयोजित एक समारोहमा अगाडि भनेका छन्– ‘तिनीहरूले सीमा नाघिसकेका छन् । हामी तिनीहरूलाई क्षमा दिन सक्तैनौं । जर्मनी, लिथुयानिया, पोल्यान्ड, युक्रेन र संयुक्त राज्य अमेरिकाबाट आर्थिक सहयोग प्राप्त आतंककारी समूहहरूलाई यसरी हातहतियार आपूर्ति भइरहेको छ । युक्रेनबाट थुप्रो परिमाणमा हातहतियार बेलारुस छिरिरहेको छ ।’

बेलारुसको दक्षिणी भाग युक्रनेको सीमासँग जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्