व्यवसायीको आत्मबल बढाउन राष्ट्र बैंक प्रयासरत: गभर्नर



नेपाल समाचारपत्र, काठमाडौं । 

साना तथा घरेलु व्यवसायको योगदान समग्र अर्थतन्त्रमा उच्च धेरै महवपूर्ण रहेको बताउनुभएको छ ।नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा सोमबार आयोजित वेबिनारमा उहाँले संसारभरी नै

एमएसएमईज र एसएमईजको भूमिका हेर्ने हो भने संख्यात्मक हिसाबले झण्डै ९९ प्रतिशत अर्थतन्त्रमा योगदान रहेको बताउनुभयो ।नेपाल राष्ट्र बैंकले आफ्ना नीतिमा प्राथमिकता दिँदै आएको उल्लेख गर्दै गत वर्षको मौद्रिक नीतिमार्फते वास्तवमा ऐतिहासिक परिवर्तन नै ल्याउन खोजेको बताउनुभयो । ‘नीतिगत हिसाबले धेरै हदसम्म उपलब्धि हासिल भएको छ । सहुलियतपूर्ण कर्जा पनि प्रत्येक शाखामा १० वटा आवेदन आउनुपर्ने र सँगसँगै कुल कर्जाको १५ प्रतिशत एक करोडभन्दा साना कर्जामा जानुपर्ने व्यवस्था गरी पुनर्कर्जामध्ये पनि ७० प्रतिशत पुनर्कर्जा १५ लाखभन्दा सानालाई दिने गरी व्यवस्था गरिएको छ ।’ गभर्नर अधिकारीले भन्नुभयो–‘योभन्दा अगाडि साना उद्योगीले पुनर्कर्जा लिएको इतिहास नै छैन । गत वर्षमात्रै १५ लाखभन्दा साना व्यवसायी लगभग ४२ हजारले पुनर्कर्जा पाउनुभयो । त्यो महत्वपूर्ण उपलब्धि हो ।’

पुनर्कर्जा भनेको नेपाल राष्ट्र बैंकले नै सबै फाइनान्सिङ गर्ने होइन, अहिले हाम्रो कुल ऋणको आकार ४१ खर्ब पुगेको छ । जम्मा क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्था रहेका छन् । ४१ खर्ब नै राष्ट्र बैंकले दिएर ब्याज सहुलियत दिने भन्ने हुँदैन । हाम्रो प्रयास भनेको धेरैभन्दा धेरै ऋणीको, व्यवसायीको आत्मबल कसरी बढाउन सकिन्छ । उतारचढावको कारणले आफै एउटा उचाइमा पुगिसकेको व्यवसायबाट फेरि भासिन पुग्ने, हराउनुपर्ने स्थिति नआओस् । त्यहाँ कसरी नीतिगत हिसाबले कसरी सघाउन सकिन्छ भनेर गरेको राष्ट्र बैंकले गरेको प्रयास हो । गभर्नर अधिकारीको भनाइ थियो ।बैंकहरुले अलिकति व्यवसायीमैत्री व्यवहार गरेनन् भन्ने कुरा बारम्बार नआएको होइन त्यसभित्र कैयौं व्यवहारिक समस्या रहेको हामीले पनि महशुस गरेका हौं । यस्ता कुरालाई कम गर्ने प्रयास गरेका छौं र धेरै हदसम्म सुधार भएको उहाँको दाबी छ । कार्यक्रममा महासंघका अध्यक्ष श्याम गिरीले उद्योगीले लिएको कर्जामा निषेधाज्ञा अवधिको ब्याज मिनाहा गर्नुपर्नेमा जोड दिनुभयो । साना उद्योगीको हकमा पुनर्कर्जासम्बन्धी कार्यविधिलाई पुनर्लेखन गर्नुपर्ने जरुरी रहेको भन्दै उहाँले पुनर्कर्जा कार्यविधि पुनर्लेखन कार्यमा घरेलु महासंघलाई पनि सहभागी गराइनुपर्ने बताउनुभयो ।

केही बैंकहरुले पुनर्कर्जा कार्यविधि तथा मौद्रिक नीतिमा लेखिएका शब्दलाई केलाएर केही बैंकका शाखाले साना उद्योगीलाई निरुत्साहित गर्ने गरेको गुनासो राख्दै उहाँले भन्नुभयो–‘कृषि उपज र प्रशोधन सम्बन्धी उद्योग भनेको छ । तर, धान, चामल र चिउराजन्य उद्योगका लागि पुनर्कर्जाको लागि जाँदा तपाईंहरुको त कार्यविधिमा लेखेकै छैन भनिन्छ । बैंकका यस्ता व्यवहारले साना व्यवसायीलाई साह्रै पीडित बनाएको छ ।’ राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेका व्यवस्थालाई वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लागू गर्ने सन्दर्भमा संवेदनशील हुन नसकेको हामीले बुझेका छौं ।’ अध्यक्ष गिरीको भनाइ थियो ।महिला उद्यमीको हकमा सहुलियत कर्जा नै पाइएन भन्ने धेरै गुनासो रहेको भन्दै अध्यक्ष गिरीले भन्नुभयो–‘अघिल्लो वर्ष राष्ट्र बैंकले निर्देशित गर्दैगर्दा पनि धेरै बैंकले लागू गर्न सकेनन् । उहाँहरुका पनि बाध्यता थिए होलान । ती बाध्यताका बीच पनि हाम्रो अर्थतन्त्र उकास्नुपर्ने सन्दर्भमा महिला उद्यमीलाई उपेक्षा ग-यौं भने अर्थतन्त्रले गति लिंँदैन ।’ कार्यक्रममा महासंघका तथा राष्ट्र बैंकका अन्य पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्