चर्चित भारतीय रेस्लर सुशील कुमार हत्या अभियोगमा पक्राउ



नयाँदिल्ली ।

चर्चित भारतीय रेस्लर सुशील कुमार हत्या अभियोगमा पक्राउ परेका छन् । ओलम्पिक गोल्ड मेडलिस्ट समेत रहेका ३७ वर्षीय सुशीलमाथि अर्का रेस्लरलाई पिटेर हत्या गरेको अभियोग लागेको छ ।

नयाँदिल्लीबाट पक्राउ परेका हुन् उनलाई हाल हिरासतमा राखी छानविन सुरु भएको छ । उनले गत मे ४ तारिखमा छत्रसल रंगशालामा २३ वर्षीय जुनियर रेस्लर सागर रानालाई निर्घात कुटपिट गरेका थिए । सामाजिक सञ्जालमा उक्त कुटपिटको भिडियो समेत भाइरल भएको थियो ।

कुटपिटपछि घाइते भएका सागरको उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्