स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोगद्वारा दलहरूसँग छलफल शुरु


काठमाडौँ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी र व्यवस्थापनका विषयमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल शुरु गरेको छ ।

शुक्रवार आयोगमा आयोजित छलफलमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, प्रतिपक्ष दलहरु नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सहभागी भएका छन् ।

छलफलमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी छन् । त्यस्तै, रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेल, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईलगायतका नेताहरूको पनि सहभागिता रहेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले राजनीतिक दलहरूसँग परामर्श थालेको हो ।

छलफलमा निर्वाचनको तयारी, व्यवस्थापन तथा दलहरूको सुझावका विषयमा कुराकानी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।