कोभिड–१९ विरुद्धको विश्वकै पहिलो खोप लिने पुरुषको निधन



लन्डन, (एजेन्सी)

 विश्वमै पहिलोपटक सार्वजनिक रूपमा कोभिड–१९ विरुद्धको खोप लगाएका पहिलो पुरुष विलियम ‘बिल’ सेक्सपियरनामक’ वृद्धको निधन भएको छ । बीबीसीका अनुसार ८१ वर्षीय सेक्सपियरको कोभिडसँग कुनै सरोकार नरहेको रोगबाट मृत्यु भएको हो । उनको गत बिहीबार निधन भएको बताइएको छ ।

चिकित्सकीय परीक्षणपछि फाइजर बायोएनटेक कोभिड–१९ खोप लिनेमा भने उनी विश्वको दोश्रो व्यक्ति थिए । उनले बेलायतको बार्बिकसायरको कोभेन्ट्रीस्थित युनिभर्सिटी हस्पिटलमा गत वर्षको डिसेम्बरको शुरुमा पहिलो डोजको दुई खोप लिएका थिए । ९१ वर्षीया महिला मार्गरेट किननले खोप लिएको केही समयपछि उनले खोप लिएका थिए । पूर्व ग्रामीण समुदाय परामर्शदाता सेक्सपियरको हृदयाघातका कारण निधन भएको र उनी कोरोनाको खोप लगाउने पहिलो पुरुष बन्न पाएको निकै गौरवान्वित रहेको उनकी पत्नीले युनिभर्सिटी हस्पिटल्स कभेन्ट्री र बाबिर्कसायर एनएचएस ट्रस्टमार्फत सार्वजनिक गरेकी छन् ।

एक विज्ञप्तिमार्फत किननले भनेकी छन् – ‘खोप लिने विश्वकै पहिलो पुरुष बनाइएकोमा उनी निकै अनुग्रहित थिए । अखबारहरूमा आफ्नाबारे खबर छापिएको देखेर उनी दंग पर्थे । मानिसहरू सामु पनि यही प्रसंगमा कुरा गर्न रुचाउँथे । साथै, उनले सँधै सबैलाई खोप लगाउन प्रोत्साहित गरिरहन्थे ।कभेन्ट्रीको ब्रोन्सहिल ग्रिनमा बस्दै आएका दुई सन्तानका पिता तथा चार नाति नातिनाका हजुरबुबा सेक्सपियरको युनिभर्सिटी हस्पिटलमै निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्