अमेरिकामा ‘शव फूल’ हेर्नेको घुइँचो



लसएन्जेल्स, (एजेन्सी)

अमेरिकाको क्यालिफोर्नियास्थित एउटा प्रयोगमा नरहेको ग्यास स्टेसनमा ‘शव फूल’ हेर्न घुइँचो लागेको छ । उक्त ग्यास स्टेसनमा ‘शव फूल’ भनेर चिनिने एउटा अनौठो खालको फूल हेर्न सर्यौं मानिसको भेला हुने गरेको हो ।

यस फूलको वैज्ञानिक नाम ‘एमोर्फाेफल्लस टाइटानम’ हो । स्थानीय समुदायलाई देखाउने उद्देश्यले बगैंचाका माली सोलोमन लेभाले अलामेडास्थित ओल्ड आर्ट डेको ग्यास स्टेसनमा यो बोट ल्याएका हुन् । प्रत्येक वर्ष एकपटक यो फूल फुल्ने गर्दछ । यो फूल शव कुहिँदा वा जलाउँदा जस्तो निकै नमिठो दुर्गन्ध फैलिने गरेकाले यसलाई ‘शव फूल’ नाम दिइएको हो ।

लेभाले केजिओ टेलिभिजनलाई भनेका छन्, ‘यो बोट ठूलै रूख जस्तो देखिन्छ । यो बोटले आफ्नो उर्जा बाँकि रहुन्जेल वर्षौंसम्म फूल फुलाइरहन्छ । १०, १५ वा २० वर्षसम्म पनि फूल फुल्न सक्छ । मानिसहरूलाई नजिकबाट नियाल्ने मौका दिने ।’ कसैले छोएर हानी नोक्सानी नपु-याओस् भनेर यसको वरपर बार लगाइएको छ ।लेभाले अहिलेसम्म कम्तिमा १ हजार ४ सय जनाले रमाउँदै यो फूल हेरिसकेको सान फ्रान्सिस्को क्रोनिकललाई जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्